शक्तिको बलमा देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् - पूर्व राजा ज्ञानेन्द्र — OSNepal

शक्तिको बलमा देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् – पूर्व राजा ज्ञानेन्द्र

LC (KTM) May 22, 2021 0

काठमाडौं- संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको चौतर्फी व्यापक विरोध भइरहेको बेला पूर्व राजा राजा ज्ञानेन्द्र शाहले पनि मुख खोलेका छन् । उनले शनिबार सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा नगर्ने बताएका छन् ।शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । उनले ट्विटरमा लेखेका छन् ।

“यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर