• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

भारतसँग सीमा जोडिएको लिपुलेक र कालापानी क्षेत्रमा पुगेर जनगणना गर्ने तयारी

भारतसँग सीमा जोडिएको लिपुलेक र कालापानी क्षेत्रमा पुगेर जनगणना गर्ने तयारी


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • ३:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 3.1K
    SHARES

    मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए ।

    व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने छ, लामिछानेले बताए । यस अघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ ।

    कालापानी र लिपुलेकलाई विवादास्पद भनेर हल्ला गरेपनि विभागले त्यसरी नलिएको र कुनै समस्या आए कुटनैतिक पहलबाट अथवा बैकल्पिक विधि अपनाएर पनि गणना गर्ने उनले बताए ।

    विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेबाट फिल्डमा पठाइसकेको छ । विभागले असोज १८ गते भित्र सम्पन्न गर्ने पहिलो चरणको घर सूचिकरणका काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
    विभागले छनौट भएका गणकहरुलाई कोभिड विरुद्धको खोप लगाइने र कात्तिक २५ मंसिर ९ गतेसम्म फिल्डमा खटाएर गणना सम्पन्न गर्ने विभागको कार्यक्रम रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend