• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

काठमाडौंमा जन्मिएको र गणेशमानको छोरा भन्दैमा म सभापति बन्न नपाउने?

काठमाडौंमा जन्मिएको र गणेशमानको छोरा भन्दैमा म सभापति बन्न नपाउने?


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • ७:४२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.6K
    SHARES

    काठमाडौं, १६ असोज -नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकाबासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुखेसो पोखे ।

    नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे । ‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई का नेता साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने ?’ उनले प्रश्न गरे ।

    उनले १४औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । ‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,’ उनले भने, ‘अरुको छोराहरुले त अवसर पाएका छन् त ।’

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend