दक्षिण भारतीय चलचित्रकै सुन्दर मानिने जोडी नागा र समन्थाले गरे सम्बन्धविच्छेद — OSNepal

दक्षिण भारतीय चलचित्रकै सुन्दर मानिने जोडी नागा र समन्थाले गरे सम्बन्धविच्छेद

LC (KTM) October 02, 2021 0

एजेन्सी -दक्षिण भारतीय चलचित्रका चर्चित जोडी नागा चैतन्य र समन्था अक्किनैनीले सम्बन्धविच्छेद गरेका छन् । भारतिय मिडियाका अनुसार म्बन्धमा गाँसिएको चार वर्षपछि एकाएक खलग भएका हुन् ।दक्षिण भारतीय चलचित्र जगतै सुन्दर मानिने यो जोडी अलग भएपछि फ्यानहरु निराश बनेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा नागा र समन्थाको सम्बन्धविच्छेद भएको समाचार भाइरल बनेका बेला कलाकार समन्था स्वयंले आफलुहरु अलग भएको पुष्टि गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत उनले सम्बन्धविच्छेद गरेको जानकारी दिँदै आफ्ना फ्यान र मिडियालाई यो विषयमा गोपनियता दिन अपिल गरेकी छिन्। उनले लेखेकी छन् ‘हाम्रा सबै शुभचिन्तकका लागि–धेरै विचार विमर्शपछि म र चाइ (नागा चैतन्य)ले आफ्नो मार्गमा अघि बढ्नका लागि पति–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौँ । हामी भाग्यमानी छौँ । किनकि एक दशकभन्दा बढीको दोस्ती हाम्रो सम्बन्धको मूल हिस्सा थियो र हामीलाई विश्वास छ कि हामीबीच सधैँ एक विशेष बन्धन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर