मध्यावधि निर्वाचन बहिस्कार गर्ने पाँच दलको निणर्य — OSNepal

मध्यावधि निर्वाचन बहिस्कार गर्ने पाँच दलको निणर्य

LC (KTM) May 22, 2021 0

काठमाडौँ ८ जेठ । विपक्षी पाँच दलको गठबन्धनले मध्यावधि निर्वाचनमा नजाने घोषणा गरेको छ । निकालेका छन् ।आज शनिबार नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्सेह हलमा बसेको नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल र सजपाको बाबुराम–उपेन्द्र पक्ष तथा राष्ट्रिय जनमोर्चाले संसद विघटन र मध्यावधि निर्वाचन घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी भएको निस्कर्ष निकाल्दै यस्तो निणर्य गरेको हो ।

बैठकपछि जारी संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपति र प्रधानमन्त्रीको कदमले मुलुकमा राजनीतिक अनिश्चिय, अन्योल र अराजकता सिर्जना गर्न खोजेको बताइएको छ ।
संयुक्त विज्ञप्तीमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तरनिहीत संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण राजनीतिक दल र जनसमुदायमा अपिल समेत गरिएको छ ।

संसद विघटनबाट मुलुक राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको छ ।निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुरासयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थाको सामना गरिरहेका जनताको जीवनलाई झन् गम्भीर संकटमा धकेलिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका तर्फबाट सांसद दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर