थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता — OSNepal

थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

LC (KTM) October 03, 2021 0

काठमाडौं । ‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा प्रतिवाद गर्नुभएको थियो ।

‘पत्रकारहरुले मलाई खुब लखटे, तर वर्तमान शेरबहादुर सरकारले मनपरी गरे पनि आलोचना गर्दैनन् ।’ –एमाले अध्यक्ष केपी ओलीले सम्पादकहरुकै भेलामा गत साता असन्तुष्टि जनाउनुभयो । ‘संसदीय व्यवस्थाले नयाँ राजाहरु जन्मायो, नयाँ सामन्त सिर्जना ग-यो, राजा सच्चिएर आउँछन्, कम्युनिस्टहरुलाई सम्मान दिन्छन् भने हामी सहकार्य गर्न तयार छौं ।’ –पूर्वमाओवादी नेता मोहन वैद्यले अन्तर्वार्तामा बोलेको बोली आज ‘भाइरल’ भएको छ ।याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

यी तीन अभिव्यक्तिले राजनीतिक नेतृत्वको वर्तमान मानसिकता प्रस्ट पार्दछ भने पार्टी कार्यकर्तामा सिर्जना भएको निराशा र आलस्य हेर्न गोदावरीमा शुक्रबारदेखि सञ्चालन भएको एमालेको विधान महाधिवेशन हेरे पुग्छ । नयाँ बन्ने भनिएका विधान र नीतिप्रति दलकै कार्यकर्तामा पनि उत्साह छैन । नेताहरु मञ्चमा उभिनासाथ उनीहरुलाई निद्रा लाग्छ । आस्था नै नभएको मूर्तिलाई ढोग्ने हार्दिकता कसरी सिर्जना हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर