बैतडीको पुर्चौडीमा अस्थायी प्रहरी चौकी स्थापना — OSNepal

बैतडीको पुर्चौडीमा अस्थायी प्रहरी चौकी स्थापना

LC (KTM) October 03, 2021 0

बैतडी, १७ असोज- बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको शनिबार उद्घाटन गर्नुभयो ।

सो अवसरमा पुर्चौडी नगरप्रमुख रणबहादुर कुँवर, बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना लगायत स्थानीय बासिन्दालगायतको उपस्थिति थियो । प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

तत्कालललाई उक्त चौकीमा प्रहरी हबल्दारको नेतृत्वमा छ प्रहरी रहने बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । यसका साथै स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जनाएएको छ । हाल जिल्लाभरि २४ प्रहरी चौकी, दुई इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी एक र चार अस्थायी प्रहरी पोष्ट स्थापना भइसकेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर