वाग्मतीको प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने — OSNepal

वाग्मतीको प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने

LC (KTM) October 03, 2021 0

ललितपुर, १७ असोज- भौगोलिक दृष्टिले अति विकट मानिने दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने भएको छ । स्थानीयस्तरमा उत्पादित फलफूलका साथै तरकारी तथा अन्यबाली खरिद बिक्रीका लागि सो बजार सञ्चालन गर्न लागिएको हो । वाग्मतीका साथै नजिकै रहेका गाउँवासीको समेत उत्पादन सङ्कलन गरी बजारमा बिक्री गर्न राखिने वडाध्यक्ष नारायणबहादुर घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरुआतका केही समयमा हप्ताको एक दिन मात्रै बजार खुलाउने छलफल भएको छ, किसानको आर्थिकस्तर उकास्न १० कोठाको ट्रस्ट निर्माण गरी शनिबार मात्रै उद्घाटन ग¥याँै ।” सो बजारको आठ कोठामा शनिबार मात्रै स्थानीयस्तरमा उत्पादित कोदो, फापर, गुन्द्रुक, चिया, कफी, मकै, धान, मासु, फलफूल, तरकारी र लत्ताकपडा आदि बस्तु राखेर बिक्री गरिएको घलेले जानकारी गराउनुभयो । उक्त बजारमा कान्ति लोकपथको सहयोगले हेटाँैडाका साथै मकवानपुरवासीसमेत ताजा सामान खरिद गर्न आउने स्थानीय दीपक घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “बजार चलाएसँगै नौला वस्तु उत्पादनमा समेत जोड पुग्ने भएको छ ।”

वाग्मतीको लगभग २५ प्रतिशत खेतीयोग्य जमिनमा थरिथरिका तरकारी अनि फलफूलका साथै बाली उत्पादन हुने गरेकाले सो बजार सञ्चालनले किसानको जीवन उकासिने भएको कृषि विकास शाखा प्रमुख सुवास खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस स्थानको तरकारी भण्डारणका लागि तीन ठाउँमा सङ्कलन केन्द्रका साथै अर्काे एक स्थानमा पाँच हजार किलो अट्ने एक शीत भण्डारको पनि व्यवस्था छ ।” यसैगरी गाउँपालिकाले गत भदौ ४ गतेदेखि सोही वडाबाट यहाँका ताजा तरकारी सङ्कलन गरेर मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारमा बिक्री गराउनाका साथै ११ गतेदेखि गाउँपालिकाका खेतीयोग्य जमिनको गुण कस्तो छ र अब कस्ता प्रकारका खेती फस्टाउँछ भन्ने जानकारी हासिल गर्न डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भूगोल र हावापनी सुहाउँदो खेती गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने योजना सार्वजनिक गरेको थियो । गाउँपालिकाले कृषिलाई थप आधुनिकिकरण, यान्त्रीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धि गर्नाका साथै बजार व्यवस्थापन, बाँझो जमिन उपयोग र जनशक्ति व्यवस्थापन जस्ता कार्य सञ्चालन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । गाउँपालिकाले ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि ः वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसाथ गर्दै सो वडामा कृषि हाट बजार सञ्चालन गर्ने जानकारी गराएअनुरुप उक्त काम सुरु गर्न लागेको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर