कार्यकालको बीचमै ओली ७० वर्ष पूरा भए पनि पूर्ण कार्यकाल काम गर्ने बाटो खुल्यो — OSNepal

कार्यकालको बीचमै ओली ७० वर्ष पूरा भए पनि पूर्ण कार्यकाल काम गर्ने बाटो खुल्यो

LC (KTM) October 03, 2021 0

काठमाडौँ १७ असोज । तिन दिनसम्म चलेको नेकपा एमालेको विधान महाधिवेशनमा एक पदमा दुई पटक सम्म उम्मेदवार हुन पाउने र ७० वर्षे उमेर हद पनि कायम रहने भएको छ । कार्यकालेको बिचमा ७० वर्ष पुरा भएपनि पनि आफ्नो कार्यकाल पुरा गर्न पाउने भएका छन् ।

समुहगत छलफलमा दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुईमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने प्रस्ताव आएपनि उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुबै व्यवस्था कायम रहने बताएका हुन् ।

एमाले विधान महाधिवेशनको वन्दशत्रमा पौडेलले भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’

७० वर्ष छोएपछि हो कि ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने भन्ने कुरा यसले टुंगो लाग्यो । कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा पनि कार्यकालको जिम्मेवारी पूरा गर्न पाउने व्यवस्था हो ।’

अध्यक्ष केपी शर्मा ओलीलाई अनुकुल मिलाई बनाएको संकेत गर्दै हलमा कमरेडहरुले बुझ्नुभयो होला भनेका छन् । अध्यक्ष ओली आगामी फागुनमा ७० वर्ष पुग्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर