हामी ब्यक्ति पुजक र मुर्ति पुजक होइनौँ : ओली — OSNepal

हामी ब्यक्ति पुजक र मुर्ति पुजक होइनौँ : ओली

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरु ब्यक्ति पुजक र मुर्ति पुजक नभएको स्पष्ट पारेका छन् । विधान अधिवेशनको अन्तिम दिन आज ओलीले आफुले प्रस्तुत् गरेको राजनीतिक प्रतिवेदन माथि जवाफ दिँदै आफुहरु कमिटि प्रणालीमा र सामुहिकतामा विश्वास गर्ने भन्दै यस्तो भनेका हुन् ।

उनले भने,–‘हामी ब्यक्ति पुजक होइन, मुर्ति पुजक होइनौं । हामी कमिटि प्रणालीमा विश्वास गछौं, सामुहिकतामा विश्वास गछौं । छलफलहरुमा विश्वास गछौं । त्यसवाट आएका निश्कर्ष आधारित भएर नयाँ आवाधिक निश्कर्षहरु निकाल्छौं । सामुहिक प्रयास गछौं ।’

उनले आफुहरुलाई अहिले कम्तीमा ५१ प्रतिशत जनता चाहिएको भन्दै त्यसका लागि उनले पार्टी छोडेर, भ्रममा परेर गएकालाई पनि फर्काउन नेता कार्यकर्तालाई अपिल गरेका छन् । सवैको साझा आन्दोलनवाट देशमा परिर्वतन ल्याउन आफुहरुले सक्ने भन्दै एमाले चक्र चलाएर मुलुकमा पहिलो पार्टी नभएको दावी गरेका छन् ।

‘कसैले चक्र चलाएर नेपाल जितिने होइन, हामी सवैको साझा आन्दोलनवाट देशमा परिर्वतन ल्याउन सक्छौं । यो कुरा एमालेले जति कमसेकम अरुले वुझेका छैनन । एमालेले अरुले भन्दा वढी वुझेको छ । तर यसको अर्थ नेतृत्वको वरिपरि आन्दोलन गोलवद्द हुदैनन भन्ने होइन ।’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर