-याफ्टिङ गर्ने क्रममा सुनकोसीमा खसेर २२ वर्षीय साजनको मृत्यु — OSNepal

-याफ्टिङ गर्ने क्रममा सुनकोसीमा खसेर २२ वर्षीय साजनको मृत्यु

LC (KTM) October 03, 2021 0

सिन्धुपाल्चोक, १७ असोज –याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज मृत्यु भएको हो ।

सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । शनिबार सुकुटेबीच रिसोर्टमा बास बसेका उनी रिसोर्टबाट ‘चेकआउट’ भई स्प्लास नेपाल एड्भेञ्चर कम्पनीबाट -याफ्टिङमा गएका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर