शीर्ष टोली रियल मड्रिड स्पेनिस ला लिगामा स्पानियोलसँग स्तब्ध , २-१ गोल अन्तरले पराजित — OSNepal

शीर्ष टोली रियल मड्रिड स्पेनिस ला लिगामा स्पानियोलसँग स्तब्ध , २-१ गोल अन्तरले पराजित

LC (KTM) October 04, 2021 0

काठमाडौं,१८ असोज – शीर्ष टोली रियल मड्रिड स्पेनिस ला लिगामा आइतबार स्पानियोलसँग स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा मड्रिड स्पानियोलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

१७औँ मिनेटमा राउल डि थोमसले घरेलु टोली स्पानियोललाई अग्रता दिलाए । ६०औँ मिनेटमा एलेक्सिस भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर पारे ।

७१औँ मिनेटमा करिम बेन्जेमाले रियाल मड्रिडलाई लयमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भने भएन । ला लिगाको पछिल्लो खेलमा रियाल मड्रिड भिल्लारियालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

रियाल मड्रिड १७ अंकका साथ ला लिगाको शीर्ष स्थानमा छ । एट्लेटिको मड्रिड समान १७ अंकका साथ दोस्रो स्थानमा छ । आइतबार राति नै भएको ला लिगाको अन्य खेलमा ग्रानडाले १० खेलाडीमा सिमित सेभिल्लालाई १-०, भिल्लारियलले रियल बेटिसलाई २-०, इन्चेले सेल्टा भिगोलाई १-० ले पराजित गर्दा गेटाफे र रियल सोसिडाडले १:१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर