• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

इटालीमा दुई तले घरमा जहाज खस्दा आठ जनाको मृत्यु

इटालीमा दुई तले घरमा जहाज खस्दा आठ जनाको मृत्यु


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ७:५९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 6.4K
    SHARES

    रोम १८ असोज -इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो ।

    उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ ।सो जहाज दुर्घटनमा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ ।

    यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका बताइएको छ । प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।(रासस÷सिन्हवा)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend