कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख — OSNepal

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख

LC (KTM) October 04, 2021 0

काठमाडौं, १८ असोज-नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख रहेको नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको सोमबार जारी प्रेस नोटमा उल्लेख छ ।

खड्का गत मंगलबार अस्पताल भर्ना भएका थिए । उनको रक्तचाप, पल्स, अक्सिजनको लेबल सबै सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर