OSNepal शनिबार, मंसिर ११ २०७८

भारतमा कोरोना संक्रमणबाट थप २२ हजार कोरोना सङ्क्रमित थपिए,१८० जनाको मृत्यु

भारतमा कोरोना संक्रमणबाट थप २२ हजार कोरोना सङ्क्रमित थपिए,१८० जनाको मृत्यु

  • OSNepal
  • सोमबार, असोज १८ २०७८


भारतमा कोरोना संक्रमणबाट थप २२ हजार  कोरोना सङ्क्रमित थपिए,१८० जनाको मृत्यु
Reading Time: < 1 minute

नयाँदिल्ली १८ असोज – भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ७९९ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन आइतबार बिहान सार्वजनिक जानकारीअनुसार शनिबार एक दिनमा २२ हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ६४ हजार ४५८ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या २०० दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । आइतबार दिनभर २० हजार ७९९ सङ्क्रमित हुँदा २६ हजार ७१८ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख २१ हजार २४७ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ४२ लाख जना कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ७९ लाख ३२ हजार भन्दा बढी डोज खोप लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड