शाहरु खानका छोरा आर्यनद्धारा ४ बर्ष यता ड्रग्स लिईरहेको स्विकार , मोबाइलमा भेटियो आपत्तिजनक फोटो र च्याट — OSNepal

शाहरु खानका छोरा आर्यनद्धारा ४ बर्ष यता ड्रग्स लिईरहेको स्विकार , मोबाइलमा भेटियो आपत्तिजनक फोटो र च्याट

LC (KTM) October 04, 2021 0

ड्रग्स केसको मामलामा कोर्टमा हलचल मच्चिएको छ । शाहरुख खानका छोरा आर्यन खानले एनसीबी संगै कैयौ चिजमा लगातार खुलाास गरिरहेका छन् । एनसीबीका अनुसार आर्यनको फोनमा तस्बीरको रुपमा सबैलाई छक्क पार्ने खालको आपत्तिजनक चीजहरु भेटिएका छन् । एनसीबीले उनलाई ११ अक्टोबर सम्मको हिरासतको माग गरेको छ । आर्यन संग एनसीबीले लगातार सोधपुछ गरिरहेको छ । सोधपुछको क्रममा आर्यन एकदमै रुने गरेको बताइएको छ ।

यसैक्रममा आर्यनले एनसीबी समक्ष आफुले ४ बर्ष यता देखी ड्रग्सको सेवन गरिरहेको बताएका छन् । उनी संगै अरु ३ जनालाई हिजो बेलुका १ दिनको लागि एनसीबीको हिरासतमा राख्न कोर्टले आदेश दिएको थियो । एनसीबीले यस मामलामा जोडिएका अर्का १ जना शंकाष्पद ब्यक्तिलाई गिरफ्तार गरेको छ । एनसीबीले ति ब्यक्तिलाई कोर्टमा पेश गर्न सक्ने बताइएको छ ।

आर्यनको व्हाट्सएप च्याटमा पैसाको लेनदेनको समेत खुलासा भएको छ । यस्तो च्याट बाहिर आएको छ जहाँ उनले बैंक ट्रान्जेक्सनका लागि नगद माग गरेका छन् । उनको च्याटमा कोड नेम समेत भेटिएको छ । ड्रग्स तस्करहरु संग उनले गरेको आपत्तिजनक च्याटहरु समेत बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर