आर्यन खान ड्रग्स केस : शाहरुख खानको घरमा एनसीबीको छापा मार्ने तयारी — OSNepal

आर्यन खान ड्रग्स केस : शाहरुख खानको घरमा एनसीबीको छापा मार्ने तयारी

LC (KTM) October 04, 2021 0

ड्रग्स केसमा एनसीबीले सिंगो बलिउडलाई हल्लाई दिएको छ । ड्रग्स केसमा अब एनसीबीले मुम्बईमा रहेको गिरफ्तार आरोपीको घरमा सर्च अपरेशन सुरु गरेको छ । एनसीबी सुत्रका अनुसार प्रक्रिया पुरा गरेपछि एनडीपीएस कानुनमा गिरफ्तार गरिएका जो कोही आरोपीको घरमा सर्च गर्न सकिने प्रावधान रहेको छ । यसैक्रममा एउटा सवाल अवश्य उठ्छ कि अब सुपरस्टार शाहरुख खानको घरमा पनि के अब छापा मारिन्छ त ?

सबै गिरफ्तार भएका आठ जना अलग अलग समुहमा शिपमा पुगेका थिए । यस कारण उनका बाँकि साथीहरु ड्रग्स लिई रहेका थिए उनीहरु रेड हानेको सुचना पाए पछि फरार भएका थिए । यस मामलामा अझै छापामारी भईरहेको छ । साथै अझै धेरै संख्यामा गिरफ्तारी हुने अनुमान गरिएको छ । शाहरुख खानका छोरा आर्यनका एकदमै नजिकका साथी अरबाज मर्चेन्ट आखिर कहाँ बाट ड्रग्स ल्याँउथे यसको जानकारी समेत एनसीबीले पाईसकेको छ । एनसीबीले उक्त क्रुज बाट ८ जनालाई हिरासतमा लिईसकेको छ । आईतबार आर्यनलाई एनसीबीको मेसमै खाना खुवाइएको थियो । उनलाई बाहिरको कुनै पनि खाना उपलब्ध गराइएको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर