अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि घर फिर्ता — OSNepal

अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि घर फिर्ता

LC (KTM) October 04, 2021 0

काठमाडौँ, १८ असोज-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्किनुभएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि उहाँ यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । उहाँ स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किनुभएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिनुभयो । वरिष्ठ छातिरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।

मुख्यमन्त्री र बेलायती विशेष दूतबीच भेटवार्ता-कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका शिक्षा र महिला सशक्तिकरणका विषयमा छलफल भएको भएको थियो । सोही क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यका साथै विकासमा बेलायती सरकारको सहयोग रहेको र अगामी दिनमा पनि जारी रहने बताउनुभयो ।

विशेष दूत ग्रान्टले कर्णाली प्रदेशको समग्र विकासमा आफ्नो सहयोग रहने जानकारी दिनुभयो । सो अवसरमा मुख्यमन्त्री शाहीसँग बेलायती दुतावासका विकास निर्देशक नाथानेल बेभेन, (एफसिडिओ)का दक्षिण एशिया बालिका शिक्षा सल्लाहकार इयान एटफिल्ड, बेलायती दुतावासअन्तरगत रहेको सुसंगतता एकाई (कोहरेन्स युनिट)का कर्णाली तथा सुदुरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मालगायतको सहभागिता रहेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर