फेरि एकपल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि सबै पक्षलाई एकजुट हुन सापकोटाको अपिल — OSNepal

फेरि एकपल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि सबै पक्षलाई एकजुट हुन सापकोटाको अपिल

LC (KTM) May 22, 2021 0

काठमाडौं ८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिएका छन् । आज शनिबार एक विज्ञप्ती निकाल्दै सभामुख सापकोटाले हिजो मध्यराति प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसदलाई घाँटी निमोठेर चुनावमा जाने कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिएका हुन् ।

यस प्रति उनले गम्भिर ध्यानाकषर्ण देखाएका छन् । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ सभामुख सापकोटाबाट जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनले भनेका छन्,” यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ । सम्मानित सर्बोच्च अदालतको उक्त फैसलामा ‘अन्य विकल्प हुँदा हुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उदेश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन’ उल्लेख भएको यहाँ विशेष स्मरणीय छ ।”

विज्ञप्ती मार्फत सापकोटाले फेरि एकपल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू, माननीय सांसदहरू, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन हार्दिक अपिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर