गायक शिब परियारलाई कहिले साथीले पिलाउँछन् त कहिले पिउन सुरु गरेपछि आफै होस गुमाउँछन् — OSNepal

गायक शिब परियारलाई कहिले साथीले पिलाउँछन् त कहिले पिउन सुरु गरेपछि आफै होस गुमाउँछन्

LC (KTM) October 05, 2021 0

युवा पुस्ता माझ निक्कै लोकप्रिय रहेका गायक शिव परियारले बेग्लै खालको गीत ल्याउने गरेका छन् । उनको गीतलाई दर्शक तथा स्रोताले अत्यन्तै माया गर्ने गरेका छन् । उनले पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ बोलको गीत गाएर एकदमै ठुलो चर्चा बटुले भने एक अर्काे खुड्किलो समेत पार गरे । यहि गीतबाट सफलता मिले पछि अर्काे नयाँ गीत ल्याएका छन् । उनको नयाँ गीतको बोल पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने ल्याउने तयारी गरेका छन् ।

यस गीतको हालैमात्र छायांकन सम्पन्न गरिएको छ । यस गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियोको छायांकन हरि हुमागाईले गरेका छन् । उनको गीतमा अहिले चलेका अभिनेता पुष्प खड्का, अञ्जली लुँइटेल र आलिया अधिकारी लाई देख्न पाइने भएको छ । यो गीतले फेरी दर्र्शकको मन जित्ने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर