तरकारी बेचेर काठमाडौंमा यति ठूलो महल बनाए यि कृषकले, तरकारी बेचेर छोरीलाई डाक्टर बनाए, हेर्नुहोस् यि संघर्षशिल किसानको कथा भिडियोमा — OSNepal

तरकारी बेचेर काठमाडौंमा यति ठूलो महल बनाए यि कृषकले, तरकारी बेचेर छोरीलाई डाक्टर बनाए, हेर्नुहोस् यि संघर्षशिल किसानको कथा भिडियोमा

LC (KTM) May 09, 2021 0

मिहिनेत गरे फल पाइन्छ भन्ने थाहा थियो गणेश भण्डारीलाई । त्यसैले त उनले तरकारी बेचेरै साढे तीन तले पक्की घर ठड्याउन सके । त्यो पनि काठमाडौं उपत्यकामा । देशमा रोजगारी भएन भनेर विदेश पलायन हुनेहरुलाई गतिलो उदाहरण बनेका छन् गणेश । हेर्नुहाेस् भिडियाेः

कामलाई सानो ठूलो भनि छुट्याउन नहुने उनको बुझाई छ । त्यसैले त झण्डै १७ वर्षदेखि उनी लगातार यही पेसामा छन् । रोचक त के छ भने गणेश तरकारी बोकेरै ग्राहकको दैलोमा पुग्छन् । होटेल, पसल र आवासमा बिहानै तरकारी डेलिभरी दिएर शुरु हुन्छ उनको दैनिकी । यसबाहेक टहरोमै हुने बिक्री छँदैछ ।

ललितपुरको नक्खुस्थित एक टहरोमा उनको तरकारी पसल छ । निजी जग्गामा टहरो राखेवापत भाडा तिर्छन् उनी । बिहान ३ बजे नै उठेर बल्खु तरकारी बजार पुग्छन गणेश । पहिले साइकलमा तरकारी ओसार्थे । अहिले आफ्नै गाडी छ । पूरा माथिकाे भिडियाेमा हेर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर