इन्स्टाग्राममा छाए बलिउड नायिका काजोल र छोरी न्यासाका बोल्ड अबतारका तस्विर — OSNepal

इन्स्टाग्राममा छाए बलिउड नायिका काजोल र छोरी न्यासाका बोल्ड अबतारका तस्विर

LC (KTM) October 06, 2021 0

मुम्बई – बलिउडकी चर्चित नायिका काजोल सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी आफ्नो फिल्मको प्रोमोसनदेखि लिएर परिवारका सदस्य र साथीहरूसँग बिताएका सम्झना प्रायः सामाजिक सञ्जालमा सेयर गर्छिन्।

इन्स्टाग्राममा सक्रिय काजोल छोरी न्यासाका कारण चर्चामा आएकी छन्। उनले हालै छोरीसँग इन्स्टाग्राममा दुई वटा तस्बिर सेयर गरेकी छन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन्। सो तस्बिरमा छोरी न्यासा दुरुस्तै काजोल जस्तै देखिएकी छन्।

‘धेरै दिनपछि मेरी छोरीसँग मुम्बई रोडमा,’ तस्बिर सेयर गर्दै काजोलले उल्लेख गरेकी छन्। यी तस्बिरले हालसम्म चार लाख बढी भ्युज पाएको छ। उनका प्रशंसकहरूले यसमा थुप्रै कमेन्ट पनि गरिरहेका छन्। उनीहरूले आमा–छोरीको निकै तारिफ गरेका छन्।अन्नपुर्ण पोष्टमा खबर छ ।

स्मरण रहोस्, काजोलले अजय देवगनसँग सन् १९९९ को फेब्रुअरी २४ मा विवाह गरेकी थिइन्। सन् २००६ को अप्रिलमा जन्मेकी छोरी न्यासा र सन् २०१० को सेप्टेम्बरमा जन्मेका छोरा युग गरी तिनका दुई सन्तान रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर