९४ औं ओस्कारका अवार्डका लागि नेपाली फिल्मको आवेदन मंगलबारबाट खुल्ला — OSNepal

९४ औं ओस्कारका अवार्डका लागि नेपाली फिल्मको आवेदन मंगलबारबाट खुल्ला

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । ९४ औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज (अस्कार)मा नेपालको तर्फबाट सहभागी फिल्मका लागि आवेदन खुल्ला गरिएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले असोज १९ देखि २ कात्तिकसम्म एकेडेमीले तोकेका सबै मापदण्ड सहित फिल्म दर्ता गराउ भन्दै एक विज्ञप्तिमार्फत आवेदन खुल्ला गराएको हो ।

सन् २०२२ मार्च २७ गते तारिखमा अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड) को कार्यक्रम हुने भएकोम छ ।

नेपालको तर्फबाट ओस्कार फिल्म छनोट गर्नको लागि समितिको विमल पौडेलको अध्यक्षतामा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय लगायतको समिति छ ।

हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो फिल्म हवार्ड विश्वभर फैलिएको कोरोना महामारीले गर्दा एक वर्ष ढिला आयोजना भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर