पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ८४ जनाले जिते कोरोना,९३ जना सङ्क्रमित थपिए — OSNepal

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ८४ जनाले जिते कोरोना,९३ जना सङ्क्रमित थपिए

LC (KTM) October 06, 2021 0

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९३ जना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा कास्कीका ५७ जना, स्याङ्जाका १५ जना, लमजुङ र गोरखाका छ÷छ जना, नवलपरासी पूर्वका पाँच र तनहुँका चार जना छन् । प्रदेशमा सक्रिय सङ्क्रमित एक हजार ४३ जना छन् भने होम आइसोलेशनमा ८९७ जना रहेका छन् ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कूल सङ्क्रमित ८६ हजार १८१ छन् भने हालसम्म निको हुनेको सङ्ख्या ८३ हजार ७६६ रहेको छ । सङ्क्रमणका कारण प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३७२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर