फिक्कलमा भारत र नेपालका भेट्रान्स सम्मेलित फुटसल भोली बाट सुरु हुदै — OSNepal

फिक्कलमा भारत र नेपालका भेट्रान्स सम्मेलित फुटसल भोली बाट सुरु हुदै

LC (KTM) October 06, 2021 0

इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा भोलीबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुने भएको छ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहने आयोजकले बताएको छ । असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक÷एक टिमले सहभागि छन् ।

प्रतियोगिताको पहिलो दिन पहिलो चरणको ४ खेल हुनेछ । प्रतियोगिताको उद्धघाटन खेलमा पाहुना टोली सुकियाले इलाम भेट्रान्सको सामना गर्दैछ । आहाले भेट्रान्सले पेम्वा सेभेन, सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ–११ तथा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सको सामना गर्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर