भारतमा महामारी बढीरहेका बेला विबादित नायिका कंगनालाई पनि कोरोना लाग्यो, कंगना कोरोनासँग पनि रिसाउन छाडिनन् — OSNepal

भारतमा महामारी बढीरहेका बेला विबादित नायिका कंगनालाई पनि कोरोना लाग्यो, कंगना कोरोनासँग पनि रिसाउन छाडिनन्

LC (KTM) May 09, 2021 0

बलिउडमा एक पछि अर्काेलाई कोरोना पोजेटिभ देखिन थालेको छ । बलिउड अभिनेत्री कंगना रनावतलाई पाजेटिभ देखिएको छ । उनले आफुलाई कोरोना पोजेटिभ भएको खबर इन्ष्टाग्राम मार्फत दिएकी छिन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी दिएकी छिन् । उनले पोष्ट गर्दै कोरोनासंग बिल्कुलै नडराएको बरु उल्टै कोरोनालाई खत्तम गरिछाड्ने बताएकी छिन् ।

उनले पोष्टमा लेखिकि छिन् – मलाई पछिल्लो केही दिनदेखी थकान तथा कमजोरी महशुस भईरहेको थियो । साथै आँखामा पनि हल्का पोलिरहेको थियो । हिमाञ्चल जाने सोचीरहेकी थिए त्यसैले आज मैले कोरोना परिक्षण गराउँदा कोरोना पोजेटिभ देखियो ।

उनले आफुलाई क्वारेण्टिनमा राखेको बताएकी छिन् । उनले कोरोना भाईरसले आफ्नो शरिर भित्र पार्टी गरिरहेको थाहा नभएको बताउँदै अब यसलाई खत्तम गरेरै छोड्ने बताएकी छिन् । उनले यो संग कोही पनि नडराउन आग्रह गरेकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर