४० दिनसम्म यस्तो काम गरेर नेपाल बस्ने तयारीमा छन् अनुपम खेर र परिणति चोपडा — OSNepal

४० दिनसम्म यस्तो काम गरेर नेपाल बस्ने तयारीमा छन् अनुपम खेर र परिणति चोपडा

LC (KTM) October 07, 2021 0

एक बलिउड फिल्मको सुटिङका लागि नेपाल आएका ख्याति प्राप्त बलिउड अभिनेता तथा अभिनय गुरु अनुपम खेरले पशुपतिनाथको पूजा गरेपछि यहाँ आउँदा आफूलाई आनन्द लाग्ने बताएका छन्।‘उचाइ’ नामक फिल्मको सुटिङका लागि नेपाल आएको मौका पारी पशुपतिनाथको पूजा गरेका अनुपमले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै भनेका छन्– ‘मलाई यहाँ आउँदा शान्ति मिल्छ’ पशुपति परिसरमा केही भक्तजन तथा निजी सुरक्षा कर्मी देखिने गरी सेल्फी भिडियो खिचेर पोस्ट गर्दै अनुपमले भनेका छन्– ‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमाआएर पूजा गर्ने अवसर मिलेको छ।

यहाँ आएर पूजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु। हजारौं वर्र्ष पहिले नै यस्ता मन्दिरको स्थापना भएको छ। यो देखेर आनन्द महसुस हुन्छ। हिन्दू धर्म स्थलमा आएर यसरी पूजा गर्न पाउँदा खुसी लाग्छ, शान्ति मिल्छ।’ अनुपमले विश्वभरका लाखौं भक्तहरू पशुपतिनाथमा पूजा गर्न आउने भिडियोमा बताएका छन्। उनले भिडियोमा निधारमा चन्दन टल्काउँदै विश्व शान्ति र सबै मानिसको स्वस्थ जीवनका लागि पशुपतिनाथमा पूजा गरेको जनाएका छन्।

बलिउड फिल्म निर्देशक सुरज बडजात्याको निर्देशनमा निर्माणा धीन फिल्म उचाइ’को सुटिङका लागिअनुपमका साथमा परिणति चोपडा, बोमन इरानी लगायतका कलाकार तथा प्राविधिकहरू काठमाडौं आएका छन्। नेपाल समचारपत्रमा खबर छ । ‘मैने प्यार किया’, ‘हमआपके है कौन’, ‘विवाह’, ‘प्रेम रतन धन पायो’, ‘हम साथ साथ है’जस्ता सुपरहिट फिल्मका निर्देशक बडजात्याको यो सातौँ फिल्महो।

फिल्ममा डेनी डेन्जोपा, निना गुप्ता पनि प्रमुख भूमिकामा रहने छन्। ४० दिनको सुटिङ सेड्युल बनाइएको फिल्ममा बलिउडका बिगबी अभिताभले पनि अभिनय गर्दै छन्। फिल्म ६० वर्ष भन्दा बढी उमेरका चार मित्रको जिन्दगीको कथामा बन्ने बलिउडका सञ्चार माध्यमले जनाएका छन्। यी चार मित्रको भूमिकामा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र डेनी डेन्जोपा रहने छन्।

फिल्ममा यी चार पात्र बाहेक तीन महिला पनि रोचक भूमिकामा देखिनेछन्। जुन भूमिका निना गुप्ता, सारिका र परिणति चोपडाले निर्वाह गर्नेछन्। फिल्मको सुटिङ मनाङ, मुस्ताङ, लुक्ला, लाङटाङ लगायतका स्थानमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर