बन्दुक बोकेर आएका लुटेरा समुहबाट कैलाशको घरबाट लाखौँको लुटपाट — OSNepal

बन्दुक बोकेर आएका लुटेरा समुहबाट कैलाशको घरबाट लाखौँको लुटपाट

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । एक लुटेरा समुहले बन्दुक देखाएर लाखौंको लुटपाट गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान एक लुटेरा समुहले लाखौँको लुटपाट गरेको हो ।

स्थानी कैलाश सिंहको घरमा उनकी ७० वर्षीया आमा एक्लै सुतिरहेको अवस्थामा बिहान ३ बजे घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा ति व्यक्तिहरुले बन्दुक गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारी अनुसार लुटेरा समुहले नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर बताइएको छ ।

घटना पछि पुगेको प्रहरीले उक्त लुटेर समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर