सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध , दसैँका लागि घर हिँडेका यात्रुलाई सास्ती — OSNepal

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध , दसैँका लागि घर हिँडेका यात्रुलाई सास्ती

LC (KTM) October 07, 2021 0

धादिङ, २१ असोज – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।

यातायात अवरुद्ध हुँदा दसँैका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर