रसुवाबाट काठमाडौं जादैँ गरेको बसले ठक्कर दिँदा ज्ञानसागरको घटनास्थलमै ज्यान गयो — OSNepal

रसुवाबाट काठमाडौं जादैँ गरेको बसले ठक्कर दिँदा ज्ञानसागरको घटनास्थलमै ज्यान गयो

LC (KTM) October 08, 2021 0

धादिङ, २२ असोज – रसुवाबाट काठमाडौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका–७, नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका–७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक जागेश्रवर भण्डारीले बताउनुभयो ।ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।

लुम्बिनीका तीन विधेयक प्रमाणीकरण- लुम्बिनी प्रदेशका तीन विधेयक आज प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८/७९को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

गत बुधबार प्रदेशसभाबाट पारित भएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर