शाहरुख खानका छोरा आर्यनको जेलको यस्तो छ शेड्युल , मुम्बईकै खतरनाक जेलमा कसरी काट्लान दिन — OSNepal

शाहरुख खानका छोरा आर्यनको जेलको यस्तो छ शेड्युल , मुम्बईकै खतरनाक जेलमा कसरी काट्लान दिन

LC (KTM) October 08, 2021 0

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अब मुम्बईको खतरा जेलमा आफ्नो रात काट्नु पर्ने देखिएको छ । मुम्बईको टप अर्थर रोड जेलमा एनसीबीका अधिकारीहरुले उनलाई लिएर गएका हुन् । उनलाई जेल लैजादै गर्दा यता अदालतमा भने सुनवाई चलिरहेको थियो । उनी आज जमानतमा छुट्ने सबैले अड्कल गरेका थिए । तर आर्यनलाई अदालतको सुनवाइले झट्का लगाई दिएको छ । अदालतले जमानतको याचिका लाई खारेज गरिदिएको छ । अब आज हामी तपाईलाई जेलका उनको कस्तो शेड्युल रहेको छ जानकारी दिदै छौ ।

आर्यनलाई अरु आरोपीको साथमा जेलको फस्र्ट फ्लोरमा राखिएको छ । यहि जेलको पहिलो फ्लोरमा एक स्पेशल क्वारिन्टीन ब्यारेक रहेको छ । त्यहाँ ५ दिन आर्यन खान तथा अन्य आरोपीलाई सोही क्वारिन्टीन ब्यारेकमा राखिएको छ । कसैलाई युनिफर्म लगाउन जरुरी नरहेको बताइएको छ । तर पनि उनीहरुलाई अरु कैदी सरह ट्रिट गरिने बताइएको छ । जेलमा रहदा कसैलाई पनि स्पेशल ट्रिट दिईने छैन । उनलाई अरु कैदीलाई जस्तै गरी राखिने छ । उनले आफुलाई मन परेको खाना घर बाट मगाउनु परेमा पनि कोर्टको अनुमति चाहिने भएको छ ।

कोर्टले बाहिरको खाना लाई उपलब्ध नगराउन भनेको छ । जेलको रुटीन अब आर्यनले पनि फलो गर्नु पर्ने भएको छ । बिहानै ६ बजे उठ्नु पर्नेछ । बिहान ७ बजे नास्ता उपलब्ध गराउने गरिएको छ । ११ बजे दिउँसोको खाना उपलब्ध गराईने बताईएको छ । दिन तथा रातको खानामा रोटी, सब्जी, दाल चामल दिईने गरेको छ । आर्यन खान सहितका अन्य आरोपीहरुलाई जेल भित्र घुम्न अनुमति छैन । उनीहरुलाई अरु खाना चाहिएमा क्यान्टीनमा अतिरिक्त शुल्क तिर्नु पर्ने प्रावधान रहेको छ । आर्यनले अरु जस्तै आफ्नो प्लेट आफै संग राख्नु पर्ने नियम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर