शाहरुख खानका छोरा आर्यन खानले हिरातमा झन झन संकट जेल्दै,जमानतमा नहुने भए रिहा — OSNepal

शाहरुख खानका छोरा आर्यन खानले हिरातमा झन झन संकट जेल्दै,जमानतमा नहुने भए रिहा

LC (KTM) October 09, 2021 0

ड्रग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यन खानको संकट झनै चुलिदै गएको छ । मुम्बई बाट गोवा जाने शिपमा भएको क्रुज पार्टीमा ड्रग्स लिईरहेको अवस्थामा भेटिएका उनलाई एनसीबीले हिरासतमा राखेर अनुषन्धान गरिरहेको छ । यसैक्रममा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ । यो अस्विकार संगै आर्यनको संकट झन चुलिएको छ ।

उनी आज जमानतमा रिहा हुने अनुमान सबैको थियो तर अदालतले जमानतको निबेदन खारेज गरिदिएको हो । मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको सुनुवाईले आर्यनको जमानत अस्वीकार गर्ने निर्णय गरेको हो । अदातलको यो सुनवाई संगै अब आर्यनसहित अन्य ८ जनाले अझै न्यायिक हिरासतमा दिन काट्नु पर्ने देखिएको छ ।

आर्यनका वकिल सतीश मानेशिन्देले सुनवाई अघि मुख्य आरोपी पक्राउ नपरेसम्म अन्य आरोपीलाई हिरासतमा राख्न नमिल्ने दाबी गरेका थिए । दुवै पक्षको बहस सुनेपछि अदालतले बिहीबार आर्यनसति ७ आरोपिलाई १४ दिनसम्म न्यायिक हिरासतमा पठाउने निर्णय लिएको थियो । अब उनी मुम्बईको आर्थर रोड जेलमा दिन बिताउन बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर