सोमबार खुल्दै इजरायल रोजगारीमा जानेहरुको नतिजा — OSNepal

सोमबार खुल्दै इजरायल रोजगारीमा जानेहरुको नतिजा

LC (KTM) October 09, 2021 0

काठमाडौँ । इजरायलमा सुसारे (केयरगिभर) कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमबार सार्वजनिक गरिने भएको छ । वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको प्रतीक्षाको समय सोमबार सकिने भएको हो ।

नेपाली समयअनुसार सोमबार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्रीमार्फत श्रमिकको छनोट गरिनेछ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

हाल भाषा परीक्षणमा उत्तीर्ण भएका एक हजार ६०० जनामध्येबाट एक हजार जना छनोट गरिनेछ । इजरायलमा हुने उक्त लट्रीको नेपालस्थित इजरायली दूतावासको फेसबुक पेज ‘इजरायल इन नेपाल’मार्फत उम्मेदवारहरूले प्रत्यक्ष हेर्न सक्ने दूतावासले जानकारी दिएको छ ।

विभागले अन्तर्वार्ताबाट छनोट भएका एक हजार १२० महिला र ४८० जना पुरुष गरी एक हजार ६०० जनाको सूची गत १० गते नै नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर