शान्तिपुर्ण एकीकरणका लागि नमाने ताइवानलाई बल प्रयोग गर्ने चीनको चेतावनी — OSNepal

शान्तिपुर्ण एकीकरणका लागि नमाने ताइवानलाई बल प्रयोग गर्ने चीनको चेतावनी

LC (KTM) October 09, 2021 0

चीन र ताइवानबीचको खटपट अझै नै जारी रहेको छ । एकले अर्काको अस्तित्व अस्वीकार गर्दा दुबैबीच सम्बन्ध राम्रो रहेको छैन । यसैक्रममा चीनका राष्ट्रपति सी जिनपिङले एक मन्तव्यका क्रममा ताइवानसँगको पुनः एकीकरण पूरा गर्न बाँकी रहेको बताए पछि यी दूई राष्ट्रकाबीच ठुलै खैलाबैला आएको छ । चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ुुगौरवशाली परम्परा रहेको चेतावनी जिनपिङले दिएका छन् । उनले एकीकरण शान्तिपूर्ण रूपमा प्राप्त गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय दुबै देशमा तनाव बढीरहेको बेला सीको भनाइको ताईवानले पनि प्रतिउत्तर दिएको छ । ताइवानको राष्ट्रपति कार्यालयले देशको भविष्य आफ्ना सर्वसाधारण जनताहरूको हातमा रहेको जनाएको छ। ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्दै आएको छ तर चीनले भने ताएवानलाई एक विद्रोही प्रान्तका रूपमा हेर्ने गरेको छ ।

बेइजिङले एकता प्राप्तिका लागि बल प्रयोग गर्न सक्ने चेतावनी समेत दिएको छ । गत हप्ता चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा झन्डै १५० सैन्य विमानहरू उडाएको थियो। मातृभूमिको पूर्ण एकीकरण गर्ने कार्य पूरा हुनुपर्ने सिको दाबी रहेको छ । उनले निश्चित रूपमा एकिकरण पुरा हुने पनि दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर