लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीको टुंगो लाग्यो, आजै मन्त्रिपरिषद विस्तार हुने — OSNepal

लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीको टुंगो लाग्यो, आजै मन्त्रिपरिषद विस्तार हुने

LC (KTM) October 10, 2021 0

बुटवल २४ असोज । लुम्बिनी प्रदेश सरकारले आज मन्त्रिपरिषद विस्तार गर्ने भएको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम कांग्रेस, माओवादी केन्द्रबाट टुंगो लागेकाले आज उक्त प्रदेशको मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

सम्भवत आजै नवनियुक्त प्रदेश मन्त्रीहरुलाई सपथ खुवाउने पनि कार्यक्रम रहने भएको छ । मन्त्री हुनेमा कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना ,राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाइने भएको छ ।

माओवादीबाट दाङकी विमला खत्री वली राज्यमन्त्री,प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । त्यसै गरी माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने पक्का भएको छ ।

माओवादीले टुंगो आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यसैगरी स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री बन्ने भएका छन् ।

माधव नेपाल नेतृत्वको एक जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीबाट भने रमा घर्ती मन्त्री बन्ने पक्का भएको छ ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि नै मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर