मान्छे मरेको डोरीको 'पासो' करोडौंमा ब्रिक्री हुन्छ भन्दै ललितपुरको सुनाकोठीमा एक महिलाको हत्या , तीन जना पक्राउ — OSNepal

मान्छे मरेको डोरीको ‘पासो’ करोडौंमा ब्रिक्री हुन्छ भन्दै ललितपुरको सुनाकोठीमा एक महिलाको हत्या , तीन जना पक्राउ

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका घर भई हाल ललितपुरको सुनाकोठीमा बस्दै आएकी ४५ वर्षीया कमला तामाङ हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत भदौ २५ गते कमला आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर रहेका छन् ।

टहरोमा एक्लै बस्ने कमलाको डोरीले घाटीमा कँसी हत्या भएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाकाले दिएको जानकारी अनुसार मान्छे मरेको डोरीको पासो राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू करोडौं रुपैंयामा बिक्रि हुने हल्ला सुनेपछि उनीहरुले कमलाको योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको अनुशनधानबाट पुष्टि भएको छ ।

हत्या पछि निजहरुले मृतकले लगाएको गहना र मोबाइल समेत लुटी फरार भएका थिए । पक्राउ परेका तिनैजनलाई थप अनुशन्धानको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको प्रहरीले छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर