बाहुबली निर्देशक राजामौलीको आज जन्मदिन, ४८औँ वर्षमा प्रवेश गर्दा पनि छन् उतिकै जवान — OSNepal

बाहुबली निर्देशक राजामौलीको आज जन्मदिन, ४८औँ वर्षमा प्रवेश गर्दा पनि छन् उतिकै जवान

LC (KTM) October 10, 2021 0

काठमाडौं – साउथ इण्डियन फिल्म निर्देशन गर्दै आफूलाई निर्देशक बनाएका एस.एस. राजामौली पछिलो समय भारतकै निर्देशकको सूचीमा अग्रपंक्तिमा पर्दछन् । १२औँ फिल्म ‘आरआरआर’ निर्देशन गरिरहेका उनले बाहुबली सिरिजमार्फत आफ्नो परिचय र क्षमतालाई विश्व माँझ परिचित गराए । यिनले बाहुबली सिरिजमार्फत धेरै नै रेकर्ड बनाएकाे छ । फिल्मको लोकप्रियताले पनि त्यसलाई सहज बनाउँछ । यद्यपि, उनले त्यस अगाडि नै पनि आफ्नो काममार्फत रेकर्डहरू बनाएका छन् ।

उनले बनाएका फिल्मले दर्शकको मन मात्र होइन समिक्षकको पनि आशा पुरा गर्ने गरेको थियो । यिनै राजामौली आज १० अक्टाेबरबाट ४८औँ वर्षमा प्रवेश गरेका छन् । सन् १९७३ को १० अक्टाेबरमा जन्मिएका उनले १२ औ फिल्मको निर्देशन गर्दै गर्दा आफ्नो छुटै पहिचान स्थापित गरिसकेका छन् । राजामौलीले सन् २००१ मा ‘स्टुडेन्ट नम्बर १’मार्फत डेब्यु गरेका थिए । जुनियर एन्टीआर अभिनित फिल्मलाई दर्शकले रुचाए । उक्त वर्ष तेलुगु भाषामा निर्माण भएको फिल्ममा यसले सबैभन्दा बढी व्यापार गरेको थियो । एक करोड ८० लाखमा निर्मित फिल्मले १३ करोडको हाराहारीमा मुनाफा कमाउन सफल भएको थियो । यसपछि उनको फिल्म उनको फिल्म सुपरहिट र ब्लकबष्टर नै रहे ।

सन् २००९ मा उनले निर्देशन गरेको फिल्म हो ‘मगधीरा’ । यो फिल्मलाई उक्त वर्षको साउथ इण्डियन फिल्मनगरीमै सबैभन्दा बढी कमाउने फिल्मको रूपमा लिइन्छ । फिल्ममा राम चरण र काजल अग्रवालको अभिनय रहेको थियो । उनको करियरमा हिट फिल्मको रूपमा दुईवटा फिल्म मात्र छन् । उनले निर्देशन गरेको साई र मर्यादारमण मात्र हिट छन् भने चारवटा फिल्म सुपरहिट छन् । उनले निर्देशन गरेको फिल्ममा ‘मख्खी’लाई पनि विशेष रूपमा लिने गरिन्छ ।

झिँगाले बदला लिने कथामा आधारित फिल्म सुपरहिट भएको थियो । यसरी राजामौलीले एकपछि अर्को खुड्किलो पार गर्दै आफूलाई सफल बनाएका हुन् । उनले निर्देशन गरेको बाहुबली साउथ इण्डियन फिल्मनगरीकै हिट भएको थियो भने यसको सिक्वेल रिलिज भएको वर्षको अल इण्डिया ब्लकबष्टर भएको थियो । यसरी हेर्ने हो भने उनले बाहुबली अगाडि नै आफ्नो रेकर्ड बनाइसकेका थिए । तर , त्यसलाई अगाडि ल्याउने काम भने ‘बाहुबली’ सिरिजले नै गरेको हो ।

उनका फिल्म फ्लप भएका छैनन्, यो आफैँमा एउटा रेकर्ड बनेको छ । साथै, उनले आफ्नो रेकर्डलाई आफैँ तोड्दै आइरहेका छन् । ‘म फिल्म आफ्नो तरिकाले बनाउँछु,त्यसले कस्तो रेकर्ड बनाउछ भन्नेमा मेरो ध्यान हुँदैन’, उनले भने । उनले फिल्ममा कथाको डिमाण्डअनुसार लगानी र पात्र चयन गर्ने गरेको बताए । उनले उक्त अन्तर्वार्तामा आफ्नो उद्देश्य दर्शकलाई बुझ्ने र कनेक्ट गर्ने फिल्म बनौअने मात्र रहेको समेत प्रस्ट्याए ।

पछिल्लो समय निर्देशक राजामौली फिल्म ‘आरआरआर’ को काममा व्यस्त छन् । जुनियर एन्टीआर र राम चरणसँगै अजय देवगन , आलिया भट्ट लगायतको अभिनय रहेको फिल्म आउँदो जनवरी सन् २०२२ मा प्रदर्शनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर