क्युट गर्ल फ्लोरीना सुपर डान्सर च्याप्टर ४ को बिजेता , ४ प्रतिष्पर्धीलाई फाइनलमा हराउँदै पाईन् १५ लाख — OSNepal

क्युट गर्ल फ्लोरीना सुपर डान्सर च्याप्टर ४ को बिजेता , ४ प्रतिष्पर्धीलाई फाइनलमा हराउँदै पाईन् १५ लाख

LC (KTM) October 10, 2021 0

टेलिभिजनको हिट डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर ४ को बिजेता घोषणा भएको छ । भारतको असमकी फ्लोरीनाले सुपरडान्सर च्याप्टर ४ को उपाधी जितेकी छिन् । फ्लोरीनालाई यो शो जिते संगै एक ट्रफी र १५ लाख रुपैया नगद पुरस्कार स्वरुप मिलेको छ । त्यस्तै उनका सुपर गुरु तुषार शेट्टीलाई उनको मेहनत तथा शानदार कोरियोग्राफीका लागि ५ लाख रुपैया मिलेको छ । आसामकी क्युट लिटिल गर्ल फ्लोरीनाले फिनालेमा सबै ५ प्रतिष्पर्धीहरुलाई कडा टक्कर दिएकी थिईन् ।

फ्लोरीना पछि दोस्रो नम्बरमा पृथ्वीराज रहे । त्यस्तै तेस्रोमा पञ्जाबका संचितले स्थान बनाएका थिए । त्यस्तै चौथोमा नीरजा तथा पाँचौमा ईशा रहेकी थिईन् । सबै फाइनालिस्टले एक एक लाख रुपैया नगद प्राप्त गरेका थिए । उपाधी जिते पछि फ्लोरिनाले भनिन्– मलाई थाहा थिएन कि म के भनु । म एकदमै धेरै खुशी छु , उत्साही छु । म यो क्षण कहिले पनि भुल्ने छैन । म सबैलाई एकदमै धेरै धन्यबाद दिन चाहान्छु । म मेरो सुपर गुरु तुषार लाई पनि धेरै धेरै धन्यबाद दिन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर