सन्जिब र मेलिना राईको 'सुन प्रिय'मा उषा र बिनुसँग रोमान्स गर्ने यि ह्याण्डसमहरु को हुन् ? — OSNepal

सन्जिब र मेलिना राईको ‘सुन प्रिय’मा उषा र बिनुसँग रोमान्स गर्ने यि ह्याण्डसमहरु को हुन् ?

LC (KTM) October 10, 2021 0

काठमाडौं । गायक सन्जिब पुडासैनी र गायिका मेलिना राईको स्वरमा रहेको ‘सुन प्रिय’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

वैँशालु उमेरमा जाने र नजानेर प्रेममा पर्नेहरुको कथामा पछिल्लो पुस्ताकी लोकप्रिय मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुगं र नवराज बस्नेतले गज्जबको अभिनय गरेका छन् ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयमकै संगीत सृजना रहेको छ । जसको एरेन्ज र मिक्सिगं एण्ड मास्टरिगं शैलेन्द्र मान प्रधान (बाबु)ले गरेका हुन् । सोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् ।

भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् । हेर्नुहोस् गायक सन्जिब पुडासैनीको आफ्नै च्यानलबाट बजारमा आएको माया प्रेम र रोमान्सले भरिएको यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर