गरिब शिक्षकलाई विद्यार्थीले दिए घर उपहार, भावुक हुँदै शिक्षक आए मिडियामा, ४२ वर्ष पढाउँदा पनि घर बनाउन सकेनन् (हेर्नुहोस् भिडियो) — OSNepal

गरिब शिक्षकलाई विद्यार्थीले दिए घर उपहार, भावुक हुँदै शिक्षक आए मिडियामा, ४२ वर्ष पढाउँदा पनि घर बनाउन सकेनन् (हेर्नुहोस् भिडियो)

LC (KTM) May 09, 2021 0

विद्यार्थीले घर उपहार दिएपछि शिक्षक मिडियामा आएका छन् । चितवनको खैरहनीमा रहेको कन्काली माविमा अध्यापन गराउँदै आएका शिक्षक पशुपति लाल कर्णलाई उनका विद्यार्थीहरुले घर बनाइदिन लागेका छन् । कमजोर आर्थिक अवस्थाका कारण हालसम्म घर समेत बनाउन नसकेका कर्णलाई कन्काली माविका पूर्व विद्यार्थीहरुले सहयोग संकलन गरी घर बनाइदिँदै छन् । हेर्नुहाेस् भिडियाे

सिरहा घर भई विगत लामो समयदेखि पूर्वी चितवनको खैरहनीमा बस्दै आएका शिक्षक कर्णले कन्काली माविमा ४२ वर्ष दुई महिना पढाए । ‘जीवनको उर्जाशील समय मैले यही विद्यालयमा समर्पित गरें, अहिले पनि भोलेन्टियरका रुपमा खटिरहेको छु’, उनले भने ।

आफूले आफ्नो काम गरेको बताउने शिक्षक कर्णले कसैबाट सहयोगको अपेक्षा नगरेको सुनाउँछन् । ‘मैले आजसम्म कसैलाई मेरो घर छैन बनाईदिनुस् भनेको छैन, अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी कसैलाई पनि भनेको छैन, यो उहाँहरुले मप्रति गरेको सम्मान हो’, उनले भने । बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर