अभिनेता अजय देवगनकै कारण अभिनेत्री तब्बू अविवाहित भएको खुलासा — OSNepal

अभिनेता अजय देवगनकै कारण अभिनेत्री तब्बू अविवाहित भएको खुलासा

LC (KTM) October 11, 2021 0

अभिनेत्री तब्बूले अभिनेता अजय देवगनकै कारण विहे नगरेको बताएकी छन् । ४९ वर्षीया तब्बूले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन्, ‘अजय र म कलेजदेखि चिनजानमा छौँ, उनी कुनै समय नजिकका साथी हुने गर्दथे, म सानी छँदा अजय र उनका कजन समीर आर्यले मलाई गहिरो नजरले हेर्दथे, दुवै जना बदमास थिए ।’

अजयले आफ्नी खास साथी तब्बूको विहे होस् भन्ने चाहेका छन् । तर तब्बू पहिलेदेखि नै भन्ने गर्थिन् ‘मेरो लागि राम्रो केटा खोज ।’ यो सवै मजाक मजाकमा भनेको बताए पनि तब्बूले आफूहरू निकै नजिकका साथी भएको बताएकी छिन् ।

पहिलो पटक सन् १९९४ मा विजयपथ चलचित्रमा दुवैले स्क्रिन सेयर गरेका थिए । केटा साथीहरूमा सबैभन्दा नजिक अजय नै रहेको उल्लेख गर्दै तब्बूले अजय निकै प्रोटेक्टिभ रहेको बताइन् ।

ुअजय धेरै प्रोटेकटिभ भएर नै मेरो लभ अन्यसँग परेको छैनु तब्बूले अन्तरर्वार्तामा भनिन् । उनले ठट्यौली शैलीमा अजय र उनका साथीहरूको कारण आफूलाई कुनै केटाले प्रपोज समेत गर्ने आट नगरेको बताइन् । ुअजय पहिले देखि नै यस्तै थिए, उनलाई देख्ने कलेजमा समेत डराउथेु तब्बू भन्छिन्, ुअब भन्नुस मैले कसरी प्रेम गर्न सक्थे । ुतब्बूले अजयसँग हिककत, तक्षक र दृश्यममा काम गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर