मोतिपुरमा भएको झडपमा ज्यान गुमाउने परिवालाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैंया दिने — OSNepal

मोतिपुरमा भएको झडपमा ज्यान गुमाउने परिवालाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैंया दिने

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रमा भएको झडपमा ज्यान गुमाउनेको परिवारलाई जनही एक लाख रुपैंया दिने भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रत्येक परिवारलाई एक लाख रुपैंया दिने निणर्य गरेको हो ।

झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको ज्यान गएपछि उक्त क्षेत्रमा कफ्र्यु जारी गरिएको छ । आज सोमबार मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद्सहितको बैठकले यस्तो निणर्य गरेको हो ।

उक्त बैठकले अब यस्तो मानविय क्षति हुन नदिन प्रहरी संवेदनशील हुनुपर्ने तथा तत्काल सुकुम्बासीको पहिचानका लागि पहल गर्नुपर्ने समेत निष्कर्ष निकालेको छ ।

साथै बैठकमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न तयार भएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर