कोरोनाका कारण वीरगंजमा संक्रमितको उपचारमा खटिएका २९ वर्षीय चिकित्सक मुरादको निधन — OSNepal

कोरोनाका कारण वीरगंजमा संक्रमितको उपचारमा खटिएका २९ वर्षीय चिकित्सक मुरादको निधन

LC (KTM) May 23, 2021 0

काठमाडौं-कोरोनाका कारण पर्साका चिकित्सकको काठमाडौँमा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज हेल्थ केयर अस्पताल गण्डक बहुअरीमा कार्यरत डा। मुराद हुसैन रहेका छन्। उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो । वीरगंज १ छपकैया निवासी २९ वर्षीय डा।हुसैन एक महिनाअघि मात्र आफ्नो एमएस ९अर्थोपेडिक०को पढाई सकाई बङ्लादेशबाट फर्केर वीरगजमा कार्यरत थिए ।

संक्रमित भएर वीरगंज हेल्थकेयरमा उपचाररत डा। हुसेनलाई स्वास्थ्यमा सुधार नभएपछि जेठ १ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । दुवै फोक्सोमा गम्भीर किसिमको निमोनिया देखिएको कारण उनलाई श्वासप्रश्वासमा समस्या आएर निधन भएको बताइएको छ ।

उनले कोरोनाविरुद्धको खोपको एउटा मात्र डोज लगाएको पनि बताइएको छ ।कोरोना सङ्क्रमितहरुको उपचारमा खटेका डा। हुसेनसँगै अस्पतालमा कार्यरत अन्य ५ जना चिकित्सकमा गत बैशाख २१ सङ्क्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर