• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

बार्सिलोनाका स्ट्राइकर मेम्फिस चम्किँदा जिब्राल्टारमाथि पोष्टमा ६ गोल

बार्सिलोनाका स्ट्राइकर मेम्फिस चम्किँदा जिब्राल्टारमाथि पोष्टमा ६ गोल


  • ओएसनेपाल
  • असोज २६ २०७८, मंगलबार
  • ३:४८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.9K
    SHARES

    काठमाडौं, २६ असोज । बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए चम्किएको खेलमा नेदरल्यान्डले बिश्वकप तथा युरोपेली छनोट खेलमा जिब्राल्टारको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

    घरेलु मैदानमा मेम्पिसले दुई गोल र दुई असिस्ट उपलब्ध गराउँदा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित हासिल गरेको हो । नेदरल्यान्डको जितमा डिपाएले दुई गोल गर्दा भर्जिल भान डाइक, डेन्जेल डेम्फ्रेज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक गोल गरे । यसअघि मेम्पिसले पेनाल्टी चुकाउन पुगेका थिए। जसका कारण उनी ह्याट्रिक गर्न असफल भए ।

    जितसँगै समूह ‘जी’मा नेदरल्यान्ड १९ अंक जोडेर शीर्षस्थानमा छ । पराजित जिब्राल्टार अंकबिहीन हुँदै पुछारमा छ । यही समूहको अर्काे खेलमा टर्कीले लात्भियालाई २–१ ले तथा नर्वेले मोन्टेनग्रोलाई २–० ले पराजित गरेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend