मास्कको कालोबजारी गरेको अभियोगमा फार्मेसी संचालक भुपेन्द्र पक्राउ — OSNepal

मास्कको कालोबजारी गरेको अभियोगमा फार्मेसी संचालक भुपेन्द्र पक्राउ

LC (KTM) May 23, 2021 0

मोरङ, ९ जेठ-मास्कको कालोबजारी गरेको अभियोगमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका-९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अधिकारीले सोही महानगरपालिका-७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका-७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्री गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्क सहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो ।

उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर