पुरुषभन्दा नोबेल पाउने महिलाको संख्या नगण्य, अहिलेसम्म ५९ महिला पुरस्कृत — OSNepal

पुरुषभन्दा नोबेल पाउने महिलाको संख्या नगण्य, अहिलेसम्म ५९ महिला पुरस्कृत

LC (KTM) October 13, 2021 0

एजेन्सी – सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म जम्मा ५९ जना महिला यो पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कार वितरणमा लैंगिक बिभेद हुने गरेको चर्चा चलिरहेका बेला पुरुषको तुलनामा नोबेल पुरस्कार पाउने महिलाको संख्या नगण्य देखिएको हो ।

यो वर्ष पनि एक मात्र महिलाले नोबेल पुरस्कार पाएकी छिन् । अमेरिकी मूलकी फिलपिनी पत्रकार मारिया रेसा यसै साता यो पुरस्कारबाट सम्मानित भएकी थिइन् । नोबेल कमिटीले रुसी पत्रकार दिमित्री मुरातोभसँगै रेसालाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको थियो ।

नोबेल पुरस्कार विजेतामा महिलाको संख्या थोरै हुने गरेको रोयल स्विडिश एकेडेमी अफ साइन्सेसका प्रमुख योरान हानसन स्वीकार्छन् । ‘नोबेल विजेतामा महिलाको संख्या न्युन हुनु दुःखद विषय हो ।’ हानसन भन्छन् । पुरस्कार कुनै लिंग वा निश्चित जातका आधारमा नभई व्यक्तिले गरेको मुल्यांकनका आधारमा दिइनु पर्ने उनको भनाई छ ।

स्वडिश उद्योगपति अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअघि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर