ज्यानकै बाजी राखेर काम गर्दा मृत्युको मुखमा परेर नि बाँचेकी थिइन ऐश्वर्या, डराएका थिए सबै — OSNepal

ज्यानकै बाजी राखेर काम गर्दा मृत्युको मुखमा परेर नि बाँचेकी थिइन ऐश्वर्या, डराएका थिए सबै

LC (KTM) October 13, 2021 0

काठमाडौं । फिल्ममा देखाइने विभिन्न दृश्यहरु हेर्दा मानिसलाई निकै रमाइलो लाग्छ । तर, उक्त सिनका लागि अभिनय गर्नु निकै कठिन काम हो । कलाकारले यसका लागी ज्यानकै बाजी राखेर पनि काम गर्नुपर्ने अबस्था आउन सक्छ ।अभिनय गर्ने क्रममा धेरै कलाकारहरु घाइते पनि हुने गरेका छन् । कहिलेकाँही ज्यानलाई नै जोखिम पर्ने किसिमको घटना पनि हुने गरेको छ ।

यस्तै शिकार बनेकी थिइन ् बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन पनि । सन् २००४ मा आएको फिल्म खाकी फिल्ममा शुटिङको क्रममा ऐश्वर्या दुर्घटनामा परेकी थिइन् ।

त्यतिबेला उनी अनियन्त्रित जीपसँग ठोक्किएर झाडीमा खसेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । ऐश्वर्या पछिल्लो समय फिल्ममा त्यति देखा परेकी छैनन् ।केही समय पहिले उनलाई फिल्म छपाकबाट अफर आएपनि उक्त फिल्ममा काम गरेकी थिइनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर