काश्मिरमा सरकार र विद्रोहीको हिंसाको चपेटामा सर्वसाधारण — OSNepal

काश्मिरमा सरकार र विद्रोहीको हिंसाको चपेटामा सर्वसाधारण

LC (KTM) October 14, 2021 0

काश्मिर – भारत प्रशासित काश्मिरमा सरकारी फौजको बढ्दो दमन र विद्रोहीको आक्रमणको चपेटामा सर्वसाधारण मानिस परेका छन् । एउटा सशस्त्र समूहले हिंसात्मक गतिविधि तीब्र पारेपछि सरकारले त्यसलाई दबाउने क्रममा सर्वसाधरण नागरिकसमेत पीडित बनेका हुन् ।

विद्रोही समूहको आक्रमणमा एक सातामा सात सर्वसाधरणको मृत्यु भइसकेको छ भने विद्रोह दबाउने क्रममा सरकारले ५ सय सर्वसाधारण पक्राउ गरेको छ ।तिबन्धित लडाकु समूहसँग साँठगाँठ गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । तर, सरकारको दाबीलाई पक्राउ परेका व्यक्तिका आफन्तजनहरूले भने अस्वीकार गर्दै आएका छन् ।

आफूहरूबिरुद्ध सुराकी गरेको आरोपमा सो समूहले सर्वसाधरणको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । हत्या गरिएका व्यक्ति भारतीय सेनाका पूर्वसैनिक रहेको विद्रोहीको दाबी छ । हत्या गरिएकामध्ये हिन्दु र शिख समुदायका दुई जना शिक्षकसमेत छन् ।सन् २०१९ को अगस्टमा मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले मुसलमानहरूको बाहुल्यता रहेको कश्मीरको अर्धस्वायत्त अधिकार खोसिदिएपछि त्यहाँ हिंसात्मक द्वन्द्वका घटना बढेका छन् ।मोदी सरकारले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरी दुई अलग अलग राज्यमा विभाजित गरेर केन्द्रबाट शासन चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर