आफ्नै होटलको बरण्डामा शेरबहादुर मृत अवस्थामा फेला — OSNepal

आफ्नै होटलको बरण्डामा शेरबहादुर मृत अवस्थामा फेला

LC (KTM) October 14, 2021 0

जुम्ला २८ असोज । जुम्माला एक होटल व्यवसायी मृत अवस्थामा भेटिएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको हो ।

आफ्नै होटलको बरण्डामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । होटलका वरिपरि रगतका छिटाहरु भएकाले प्रहरीले हत्या हुन सक्ने बताएको छ ।

निजले विगत दुई वर्ष देखि होटल सञ्चालन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर