भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसमा ब्राउन सुगरसहित पक्राउ परे नविन — OSNepal

भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसमा ब्राउन सुगरसहित पक्राउ परे नविन

LC (KTM) October 14, 2021 0

काठमाडौं २८ असोज । लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ बस्ने ३१ वर्षीय नबिन खान रहेका छन् ।

भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निजको साथबाट ९ सय ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ प्रहरीले बरामत गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर